logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • एमालेले माग्यो लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको राजीनामा 

    एमालेले माग्यो लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको राजीनामा 

    2.1K
    Shares

    काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा माग गरेको छ । लुम्बिनी प्रादेशीक अस्पतालको भवनको ठेक्कामा मिलेमतो गरेको भन्दै एमाले संसदीय दलले मुख्यमन्त्री केसीको राजीनामा माग गरेको हो । 

    पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतको राजीनामा र ठेक्का प्रक्रिया रद्द गरेर मात्रै सरकारको कुनियत हट्न नसक्ने एमालेको ठहर छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा संसदीय संसदीय दलका उपनेता बैजनाथ चौधरीले भने, ‘ठेक्का प्रक्रियामा सेटिङ भएको भन्दै प्रदेश पूर्वाधार विकास समितिको अध्यक्षको हैसियतले यस सेटिङमा मुख्य जिम्मेवार कुलप्रसाद केसी हुनुहुन्छ ।’

    कांग्रेस, जनता समाजवादी दल लगायतको समर्थनमा माओवादी केन्द्रका संसदीय दलका नेता केसीले मुख्यमन्त्री बनेयता लगातार विवादास्पद काम गर्नुका साथै संघीयता शासन प्रणालीप्रति वितृष्णा बढाउने काम गरेको एमालेको आरोप छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend