logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • नेपाली मौलिक लोक गीतको नेपाल लोक आइडल हुँदै बिजेतालाई ३० लाख उपहार, यसरी भयो घोषणा (भिडियो)

    नेपाली मौलिक लोक गीतको नेपाल लोक आइडल हुँदै बिजेतालाई ३० लाख उपहार, यसरी भयो घोषणा (भिडियो)

    2.9K
    Shares

    सुनौलो नेपाल/काठमाडौँ –  सार्थक डिजिटल प्रा.लि र जेब्रा क्रियसनले ‘नेपाल लोक आइडल २०७५’को आयोजनाा गर्ने भएको छ । मौलिक लोकगीत संगीतको संरक्षण, प्रवर्द्धन र लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले उक्त आईडल गर्न लागीएको सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक पक्षले  जनाएको छ ।

    लोक गीतको ईतिहासमै पहिलो र ठूलो आईडलमा नव प्रतिभावाहरुको खोजि गरिने आयोजक संस्थाका प्रबनधन जीवन पन्तले जानकारी दिएका छन् । सार्थक डिजिटलले आयोजना गर्ने ‘नेपाल लोक आइडल २०७५’ को प्रोडक्सन तर्फको सम्पुर्ण जिम्मेवारी जेब्रा क्रियशनले लिने बुझिएको छ ।

    नेपाल लोक आर्इडलका लागि देशका सात वटै प्रदेशका   विभिन्न स्थानमा अडिशन हुने र अडिसनमा छानिएका प्रतिस्पर्धीहरुलाई टप टेनको लागि काठमाण्डौमा प्रतिस्पर्धा गराइने छ ।

    आयोजकका अनुसार प्रथम पुरस्कार  ३० लाख दोश्रो पुरस्कार १५ लाख त्यसैगरी तेश्रो पुरस्कार १० लाख रहने छ  । नेपाल लोक आर्इडलको शुरु हुने मिती र स्थानबा बारेमा केही दिनमै सम्पूर्ण जानकारी दिने आयोजकले बताएको छ ।

    सोमबार साझ आयोजित कार्यक्रममा लोक दोहोरी क्षेत्रका प्रतिष्ठित कलाकारहरु देबी घर्ती मुना थापा मगर पूर्णकला बिसी टिका पुन बसन्त थापा शिव हमाल ;लगायत थुप्रै चर्चित गायक गायिकाहरुको उपस्थिति रहेको थियो ।

    हेर्नुहोस कार्यक्रमबारे थप जानकारी 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend