काठमाडौं । हाल देशमा भारतको बिहार देखि बङ्गालको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।
आइतबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै सोमबार पनि प्रदेश १ मा आंशिक देखि सामान्य बदली र बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भूभागका थोरै र बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
यता मंगलबार देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागको मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।