logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • भारतमा १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि

    भारतमा १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि

    3.3K
    Shares

    नयाँदिल्ली । भारतमा पछिल्लो १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले भारतमा पनि बढाउनु परेको अधिकारीहरूले जनाएका छन् । पछिल्लो समय शनिबार प्रति लिटरमा ८० पैसाको दरले मूल्य वृद्धि भएको विवरण सार्वजनिक गरिएको छ ।

    पछिल्लो १२ दिनमा १० पटक मूल्य वृद्धि हुँदा पहिला भन्दा प्रति लिटरमा ७.२० प्रतिशत मूल्य बढी भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

    संघीय राजधानी नयाँ दिल्लीमा अहिले प्रति लिटर पेट्रोलको मूल्य १०७.६१ भारतीय रुपैयाँ पुगेको छ । त्यसैगरी डिजेलको मूल्य प्रति लिटर ९३.८७ भारतीय रुपैयाँ रहेको छ । -एएनआई


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend