logo

२०८१ माघ २ बुधबार

logo
  • बुधबार, २ माघ २०८१
  • १२ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा ६९ वर्षीय पुरुषलाई साढे १३ वर्ष कैद

    १२ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा ६९ वर्षीय पुरुषलाई साढे १३ वर्ष कैद

    4.1K
    Shares

    चितवन । १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा जिल्ला अदालत चितवनले ६९ वर्षीय पुरुषलाई १३ वर्ष ६ महिनाको जेल सजाय हुने फैसला सुनाएको छ ।

    त्यस्तै पीडित बालिकालाई पीडकबाट २ लाख क्षतिपूर्ति उपलब्ध गराउन पनि अदालतले आदेश दिएको छ । जिल्ला अदालत चितवनकी न्यायाधीश शकुन्तला कार्कीको इजालासले आइतबार माडी नगरपालिका सितलपुरका ६९ वर्षीय इन्द्रप्रसाद अधिकारीलाई १२ वर्षीया बालिकालाई जर्बजस्ती करणी गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।

    अभियुक्त अधिकारीलाई जेष्ठ नागरिक भएको कारणले १८ वर्ष जेल सजायमा २५ प्रतिशत छुट गरी १३  वर्ष ६ महिना कैद सुनाएको जिल्ला अदालत चितवनले जनाएको छ ।

    आफ्नो छिमेकीको १२ वर्षीया छोरीलाई अभिभावक घाँस काट्न गएको बेलामा घरमा कोही नभएको मौका छोपेर २०७८ असार १० गते जर्बजस्ती करणी गरेको भन्दै पीडितका अभिभावकले जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend