logo

२०८१ माघ २ बुधबार

logo
  • बुधबार, २ माघ २०८१
  • शिक्षाको गुणस्तर, जेष्ठ नागरिक, महिला तथा बाल संरक्षणमा गण्डकी प्रदेश सरकार गम्भिर छ : शिक्षामन्त्री श्रेष्ठ

    शिक्षाको गुणस्तर, जेष्ठ नागरिक, महिला तथा बाल संरक्षणमा गण्डकी प्रदेश सरकार गम्भिर छ : शिक्षामन्त्री श्रेष्ठ

    2.6K
    Shares

    पोखरा । गण्डकी प्रदेशका शिक्षा सस्कृती विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले गण्डकी प्रदेश सरकारले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिलाई  प्राथमिकता दिएको बताएका छन् । 

    सुनौलो नेपालसँगको कुराकानीमा मन्त्री श्रेष्ठले निजि क्षेत्रमा भन्दा सरकारी स्कुलका शिक्षकहरु दक्ष छन् तर शिक्षाको गुणस्तर सरकारी स्कुलको राम्रो नहुनु दुःखद भएको बताउदै यस्तो अवस्थालाई अन्त्य गर्न सरकारी स्कुलका शिक्षकलाई आफ्नो दायित्व बोध गराउन, र सरकारी स्कुलमा धनाढ्य परिवारका छोराछोरीलाई आकर्षित गरान सरकारले विषेश तयारी गरिरहेको बताए । 

    ‘निजि स्कुललाई एकैचोटि आउट गर्न त मिल्दैन तर हामीले सरकारी स्कुलको गुणस्तर सुधारेमा यसको समाधान हुन्छ । त्यसैले गण्डकी प्रदेश सरकारले कक्षा १ देखि ८ सम्म का विद्यार्थीलाई विज्ञान, अग्रेजी र गणीत विषयमा दक्ष बनाउन ल्यावको व्यवस्था गरेको छ ।’ उनले भने ।  

    कोरोना महामारीको समयमा प्रयोगमा आएको अनलाईन कक्षाको औचित्यलाई थप प्रभावकारी बनाउन गण्डकी प्रदेश सरकारले ईन्टरनेट बिना चल्ने शैक्षिक एप ल्याएको पनि उनले बताए । 

    ‘गण्डकी प्रदेश सरकारले अफलाईन पनि पढ्न मिल्ने एप ल्याएको छ ।’ उनले भने– जसबाट विद्यार्थीले जुनसुकै समयमा पनि आफुले चाहेको पाठ्यक्रम पढ्न पाउँछन् । सँगै यो एपले विद्यार्थी स्कुल जाँदा कितावको भारि बोकेर जानुपर्ने अवस्थाको पनि अन्त्य गर्छ । यो एप प्रदेशका सवै जिल्लाहरुमा परिक्षणका लागि प्रयोगमा ल्याईसकेका छौं ।’

    गण्डकी प्रदेश सरकारले ज्येष्ठ नागरिकका लागि १२० स्थानमा ज्येष्ठ नागरिक दिवा सेवाको व्यवस्था गरेको, महिलालाई उद्यमी बनाउन महिला उद्यामशिलता कार्यक्रम, र बालबालिकालाई संरक्षण गर्न र उनीहरुलाई सानैदेखि सुसस्कृत बनाउन स्थानिय तहदेखि नै बालअधिकार सुनिश्चित गरेको उनले बताए । 

    गण्डकी प्रदेशका कोहि पनि नागरिक नाना खाना र छानाबाट वञ्चित हुन नपरोस भनेर सडकमा मागेर गुजारा गर्ने व्याक्तिलाई मानव सेवा आश्राममा आश्रम दिईरहेको पनि उनले बताए ।  मन्त्री श्रेष्ठले भाषा कला सस्कृतीको धनी प्रदेश गण्डकी प्रदेश भएको सुनाउदै प्रदेशको कला, धर्म सस्कृती र भेषभुषालाई संरक्षण गर्न प्रदेश सरकारले गण्डकी प्रज्ञा प्रतिष्ठान खोलेको पनि जानकारी दिए । 

    ‘सस्कृती भाषा र प्रकतीको देन गण्डकी प्रदेश हो ।’ उनले भने – ‘१२१ ओटा जातजातिको भाषा कला र सस्कृतीको जगेर्ना गर्न प्रदेश सरकारले गण्डकी प्रजा प्रतिष्ठान नै खोलेको छ ।  र यी सम्पदाको संरक्षणका लागि प्रदेश सरकारले डकुमेण्ट्रि बनाउदै छ । जसको लागि विज्ञापन गरेको छ । र छिटै टेण्डर प्रक्रियामा जानेछ ।’

    फरक प्रसगँमा नेपाली कांग्रेसको गण्डकी प्रदेश उपसभापति समेत रहेका मन्त्री श्रेष्ठले स्थानिय निर्वाचनमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितीले गरेको निर्णयलाई नै मानेर आवश्यकताका आधारमा प्रदेशका सवै जिल्लामा गठबन्धन गर्ने बताए ।  

    निर्वाचनमा आकांक्षी धेरै भएपनि पार्टीले जसलाई टिकट दिन्छ उसैलाई सहयोग गर्नुपर्ने उनको भनाई छ ।  
    म भए ठिक अरु भए बेठिक भन्ने प्रवृती हटाएर नेपाली कांग्रेसका उमेदवारलाई जिताउन लाग्न उनले कांग्रेस कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend