logo

२०८१ माघ २ बुधबार

logo
  • बुधबार, २ माघ २०८१
  • पल शाहलाई थुनामै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश

    पल शाहलाई थुनामै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश

    2.7K
    Shares

    काठमाडौं । नाबालिग गायिकामाथि बलात्कार अभियोग लागेका अभिनेता पल शाहलाई थुनामै राखेर अनुसन्धान गर्न जिल्ला अदालत पूर्वी नवलपरासीले आदेश दिएको छ।

    मुद्दा किनारा लगाउने समयसम्मका लागि थुनामै राखेर अनुसन्धान जारी राख्न अदालतले बुधबार आदेश दिएको हो।

    न्यायाधीश अर्जुन अधिकारीको इजलासले शाहलाई तनहुँमै थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

    शाहलाई बुधबार बेलुकी तनहुँ पठाइएको छ। शाहलाई वैशाख ७ मा पूर्वीनवलपरासीस्थित अदालत हाजिर हुन पनि भनिएको छ।

    यसअघि गत चैत १० मा जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले पनि शाहलाई थुनामा राख्न आदेश दिएको थियो।
    शाहमाथि तनहुँ र पूर्वीनवलपरासीमा मुद्दा परेको थियो।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend