logo

२०८१ माघ २ बुधबार

logo
  • बुधबार, २ माघ २०८१
  • एमालेको संसद अवरोधले नागरिकता विधेयक पारित भएन : प्रचण्ड

    एमालेको संसद अवरोधले नागरिकता विधेयक पारित भएन : प्रचण्ड

    4.2K
    Shares

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको अवरोधका कारण संसदमा नागरिकता सम्बन्धी विधेयक पारित गर्न नसकेको बताएका छन् । बिहीबार सिरहामा आयोजित कार्यक्रममा उनले नागरिकता विधेयक संसदमा व्यापक छलफल गरेर पारित गर्नुपर्नेमा एमालेको अवरोधका कारण छलफल र पारित हुन नसकेको बताएका हुन् ।

    संसद अवरोध भएपछि अध्यादेश ल्याएरै भए पनि नागरिकताको समस्या समधान गर्न खोज्दा अदालतले नागरिकता सम्बन्धी अध्यादेश ल्याउन रोक लगाएको प्रचण्डले बताए । ‘अदालतले नागरिकता दिनुपर्छ तर गम्भिर संवेदनशील विषय सदनमा छलफल गरेर प्रतिनिधिसभाबाट पारित गरेर समस्या गर्नुपर्छ भनेकाले अध्यादेश ल्याउन नपाइने रहेछ’ उनले भने ।

    प्रचण्डले अघि भने, ‘त्यसो भए सदनमा लैजाऔं सदनबाटै पारित गरौं भन्ने प्रस्ताव राख्यौं, सदन कसले रोक्या छ त्यही एमाले र केपी ओली गुटले ।’

    उनले अब भने संसद अधिवेशन सुरु भएपछि एमालेको अवरोधकै बीच पनि नागरिकता विधेयक पारित गर्ने बताए । ‘सदन अवरोध भए पनि बजेट र एमसीसी पारित ग¥यौं, अब सदन खुल्नेवित्तिकै एमालेको अवरोध गरे पनि नागरिकता विधेयक पारित गरिन्छ’ उनले भने ।

    प्रचण्डले के भने ? 
    म आज तपाईंहरुको अगाडि यो भन्न चाहन्छु कि नागरिकतासम्बन्धी समस्या मधेशसमा सबभन्दा चर्को छ । नागरिकताको समस्या समाधान नहुँदा हजारौं र लाखौं मधेसी युवाहरुले थुप्रै अवसरबाट वञ्चित हुनुपर्ने बडो विडम्बनाको स्थिति छ ।

    म मधेशका तमाम जनसमुदाय र पहाडमा पनि नागरिकताबट वञ्चित भएका जनसमुदायलाई प्रष्टसँग भन्न चाहन्छु । बा–आमा नागरिक हुने छोराछोरीले नागरिकता नपाउने यो भन्दा लाजमार्दाे र बिडम्बना कहिँ हुन सक्छ ? बाबु पनि नागरिक आमा पनि नागरिक छोराछोरीले नागरिकता नपाउने संसारमा कहिँ नभएको.. भनेर मैले गठबन्धनका बैठकमा अध्यादेशमार्फत भए पनि नागरिकताको समस्या समाधान गर्ने प्रस्ताव राखेँ ।

    तर अदालतको आदेश रहेछ कि मधेसका युवा र सबै नागरिकताबाट वञ्चित नेपाीलाई नागरिकता दिनुपर्छ । तर नागरिकताजस्तो यति गम्भीर, संवेदनशील विषय सदनमा छलफल गरेर प्रतिनिधिसिभाबाट पारित गरेर मात्र हल गर्नुपर्छ भनिदिएको हुनाले अध्यादेश ल्याउन नपाइने रहेछ ।

    त्यसो भए सदनमा लैजाऔं, छलफल गराऔं र पारित गरौं भन्ने प्रस्ताव पनि राख्यौं । सदन के कारणले अवरुद्ध छ, तपाईंलाई थाहा छ । नागरिकतासबन्धी विषयमा व्यापक र गम्भीर छलफल गर्न सदन खुलेको हुनुपर्ने, सदन कसले रोकेको छ, तपाईंहरुले देख्नुभयो सदन फेरि त्यही एमाले र केपी ओली गुटले अवरोध गरेर नागरिकताबाट वञ्चित गराएको छ ।

    हामीले अवरोधकै बीचबाट बजेट पारित ग¥यौं, १२ बुँदे घोषणासहित एमसीसी पारित ग¥यौं, अब सदन खुल्नेवित्तिकै एमालेले अवरोध गरे पनि नागरिकता विधेयक छलफल गराएर पारित गरिन्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend