logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • लागुऔषधसहित विभिन्न ठाउँबाट ४ जना पक्राउ 

    लागुऔषधसहित विभिन्न ठाउँबाट ४ जना पक्राउ 

    7K
    Shares

    काठमाडौं । विभिन्न ठाउँबाट लागुऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ, जहदा गाउँपालिका–१ लंकाटोलमा बस्ने ३२ वर्षीय मुन्ना मलाहालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

    अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

    त्यस्तै कञ्चनपुर, भिमदत्त नगरपालिका–११ भुजेलास्थित खोलाको पुल छेउबाट करिब १९ ग्राम ५ मिलिग्राम अवैध लागुऔषध चरेश सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा सोही नगरपालिका११ बस्ने २३ वर्षीय महेश गिरी, २१ वर्षीय बिष्णु पाठक र २२ वर्षीय आशिष बिसि रहेका छन् । ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend