आइतबार, चैत्र २४ २०८१

आइतबार, चैत्र २४ २०८१

हाम्रो पार्टीको पक्षमा जनलहर नै आउन थालेको छ, जनताले चुनाव चिन्ह कलम भन्न थालेका छन्: अध्यक्ष नेपाल

हाम्रो पार्टीको पक्षमा जनलहर नै आउन थालेको छ, जनताले चुनाव चिन्ह कलम भन्न थालेका छन्: अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको पक्षमा जनलहर नै आउन थालेको बताएका छन् । अध्यक्ष नेपालले जनताले आफ्नो पार्टीको चुनाव चिन्ह कलम पनि भन्न थालेको दावी गरे ।

शनिबार काठमाडौंमा आयोजित पार्टीको जनसभामा बोल्दै उनले गफाडीहरुले गफ गर्दै जाने उल्लेख गर्दै आफूहरुले भने देश र जनताको पक्षमा काम गरेर देखाउने बताए । एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै अध्यक्ष नेपालले गफाडीहरुलाई गफ गर्न र अरुको अपमान गर्न दिँदा हुने बताए । उनले भने, ‘अहिले हाम्रो पार्टीको पक्षमा जनलहर नै आईरहेको छ । अहिले जनताले सबै ठाउँमा कलम भन्न थालेको छन । एकीकृत समाजवादी भन्न थालेको छन । गफाडीलाई गफ गर्न दिनोस् । अरुको अपमान गर्न दिनोस् । हामी काम गरेर देखाऔं । इमान्दारिता, निष्ठा, समर्पणले काम गर्न गरौं । कसैले हामीलाई हेप्न नसकून ।’

अध्यक्ष नेपालले विना कामको भ्यूटावर र गेट बनाउने नाममा अर्बौ बजेट खर्च स्थानीय तहमा भईरहेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले सो रकम युवाहरुलाई निब्र्याजी ऋणको रुपमा सरकारले दिएको भए जनता गाँस र बासको अभावमा छटपटिनुपर्ने अवस्था अन्त्य हुने दावी समेत गरे ।

अध्यक्ष नेपालले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम छिटो सुरु गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

याे पनि:

गफाडीहरुको काम छैन, हामी काम गरेर देखाउँ: अध्यक्ष नेपाल

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend