logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • स्याङ्जामा कुटपिट गरी हत्या गरेको अभियोगमा ४ जना पक्राउ

    स्याङ्जामा कुटपिट गरी हत्या गरेको अभियोगमा ४ जना पक्राउ

    1.7K
    Shares

    कात्तिक १४ काठमाडौं – कुटपिट गरि हत्या गर्ने ४ जनालाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्ष ३३ को टाउके भन्ने इन्द्रजित गुरुङ, बर्ष ३४ को गिरे प्रसाद गुरुङ , बर्ष २४ को किङकङ गुरुङ र बर्ष २८ को सन्तोष गुरुङ रहेका छन्। 

    गत कात्तिक १० गते राती ११ बजेको समयमा स्याङ्जा पुतलीबजार ६ कोलडाँडामा दाङलिङ गाउँबाट मोटरसाईकलमा हो-हल्ला गर्दै गई रहेका युवाहरूको समूहलाई कोलडाँडामा मादक पदार्थ सेवन गरी बसेका युवाहरूले एक्कासी पछाडीबाट आक्रमण गरेका थिए। 

    आक्रमणमा दुवै पक्षका युवाहरूले बोत्तल, बासको भाटा, लाठी , ढुङ्गा प्रहार गरी झडपका क्रममा २९ को सूर्य ब.गुरूङ गम्भीर घाइते भएका थिए।  घाइते गुरुङको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको छ। 

    मृतकको पोष्टमार्टम गरी परिवारको जिम्मा लगाईएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको स्याङ्जा प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले जानकारी दिए। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend