logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • सवा अर्ब लगानीमा साँग्रिला भिलेज पोखराको पुनर्निमाण, ‘होटल इन्डिगो’ ब्राण्डमा सञ्चालन हुने

    सवा अर्ब लगानीमा साँग्रिला भिलेज पोखराको पुनर्निमाण, ‘होटल इन्डिगो’ ब्राण्डमा सञ्चालन हुने

    1K
    Shares
    सवा अर्ब लगानीमा साँग्रिला भिलेज पोखराको पुनर्निमाण, ‘होटल इन्डिगो’ ब्राण्डमा सञ्चालन हुने

    काठमाडौं । साँग्रिला हस्पिटालिटी ग्रुपले पोखरामा रहेको होटल साँग्रिला भिलेजको स्तरोन्नती गरिरहेको छ । पहिला चारतारे होटल रहेकोमा लगानी थपेर पाँचतारे बनाइरहेको छ । ग्रुपले २०२३ जुलाइबाट होटलको पुनर्निमाण र रिसोभेसनको काम सुरु गरेको हो । नयाँ होटल सन् २०२५ मार्च अर्थात २०८१ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

    ग्रुपले होटलको पुनर्निमाण र रिनोभेनस गरेर पाँचतारे बनाउन १ अर्ब १९ करोड २० लाख रुपैयाँ लगानी गरेको छ । होटलमा बैंकको ८० प्रतिशत ऋण र बाँकी २० प्रतिशत ग्रुपका संस्थापकको स्वपुँजी (इक्विटी) लगानी भएको छ । होटल साँग्रिला भिलेज प्रालिले ९४ करोड ९० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । दीर्घकालिन ऋण लगानी सीमा ९४ करोड ९० लाख र अल्पकालिन ऋण १० करोड रुपैयाँ छ । होटल साँग्रिला भिलेजले ए फोर रेटिङ पाएको छ ।

    होटलको प्रतिकोठा लागत १ करोड २० लाख रुपैयाँ छ । प्रारम्भिक वर्षहरूमा यी वर्षहरूमा कम्पनीको तरलता र ऋण सेवा क्षमतामा दबाब पर्ने सम्भावना छ । जसले ऋण कभरेज मेट्रिक्सलाई प्रभाव पार्ने सम्भावना छ ।

    चारताले रिसोर्ट साँग्रिलाको ६१ वटा कोठाहरु रहेकोमा पुनर्निमाण र रिनोभेसनपछि १ सय कोठा बन्ने छ ।

    सन् १९९३ मा स्थापना भएको होटल साँग्रिला भिलेज १९९६ देखि सञ्चालनमा आएको हो । होटल क्यासिनोसहित पाँचतारे हुने भएको छ । साँग्रिला भिलेजनको व्यवस्थापन युरोपेली चेन होटल इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (आइएचजी) ले सम्हाल्ने सम्झौता भएको छ । साँग्रिलालाई इन्टरकन्टिनेन्टलले होटल इन्डिगो ब्राण्डमा चलाउने छ । फ्रेंचाइजीले होटलको व्यवसाय विस्तारमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

    होटल साँग्रिला भिलेजमा प्रविनबहादुर पाण्डेको ४८, प्रशिद्धबहादुर पाण्डेको ३०, मयुर इन्टरनेसनल प्रालिको १८ प्रतिशत हिस्सा छ । यस्तै दर्पण पाण्डे र सुमिता पाण्डेको २ २ र मेरी पाण्डेको १ प्रतिशत स्वामित्व छ ।

    सन् २०२० सम्म चारतारे होटल साँग्रिला भिलेज सञ्चालनमा थियो । २०२० मा होटलले ८ करोड २० लाख, २०१९ मा १३ करोड, २०१८ १२ करोड २० लाख रुपैयाँ व्यापार गरेको थियो ।

    ग्रुपले राजधानीको लाजिम्पाटमा सन् १९७९ देखि २०१९ सम्म पाँचतारे साँग्रिला होटल सञ्चालन गरेको थियो । लाजिम्पाटमा रहेको साँग्रिला होटलको पनि अहिले पुनर्निमाण भइरहेको छ ।

    यसैगरी ग्रुपले लस्ट होराइजन सफारी रिसोर्ट एन्ड स्पा निर्माण गरिरहेको छ । रिसोर्टको दोस्रो फेज सन २०२६ डिसेम्बरसम्म सञ्चालनमा ल्याउने योजना छ । रिसोर्टको पहिलो फेज २०२५ को अप्रिलमा ल्याउने योजना रहेको साँग्रिलाले जनाएको छ । रिसोर्ट व्यवस्थापनको जिम्मेवारी आइएचजीले पाएको छ ।

    रिसोर्ट इन्टरकन्टिनेन्टल रिसोर्ट चितवन मेघौली ब्राण्डमा सञ्चालन हुने भएको छ ।

    लस्ट होराइजनको अनुमानित लागत १ अर्ब २९ करोड ५० लाख रुपैयाँ रहेको छ । साँग्रिलाले पोखराको बेगनासमा पनि लक्जरी रिसोर्ट बनाइरहेको छ । ग्रुपले पोखराको बेगनासमा लक्जरी रिसोर्ट सञ्चालनमा ल्याउने भएको छ । अहिले रिसोर्टको निर्माण भइरहेको छ । सांग्रिलाले १ अर्ब ४९ करोड ५० लाख रुपैयाँ लगानीमा लस्ट होराइजन रिसोर्ट सञ्चानलमा ल्याउन लागेको हो । रिसोर्ट २०२६ डिसेम्बरभित्र सञ्चालनमा ल्याउने तयारी छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend