logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • अमेरिका जान इडिभी २०२५ को नतिजा सार्वजनिक

    अमेरिका जान इडिभी २०२५ को नतिजा सार्वजनिक

    2.3K
    Shares
    अमेरिका जान इडिभी २०२५ को नतिजा सार्वजनिक

    काठमाडौँ । डाइभर्सिटी भिसा २०२५ (इडिभी) को नतिजा सार्वजनिक भएको छ ।

    अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ (इडिभी) को नतिजा आज सार्वजनिक भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

    दस्तावासका अनुसार आज राति  ९ बजेबाट आफ्नो कन्फरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सकिने दूतावासले जनाएको छ ।

    दूतावासले डिभीको नतिजा आज सार्वजनिक भएको जानकारी दिएको हो। डीभीको नतिजा थाहा पाउने यो नै एक मात्र तरिका भएको दूतावासले जनाएको छ ।

    अमेरिकाले आफ्नो मुलुकमा विश्वका विभिन्न मुलुकका मानिसलाई भित्र्याउनका लागि डिभी चिठ्ठा कार्यक्रम ल्याएको हो ।

    अमेरिकाको जनसङ्ख्यालाई अझ विविध तुल्याउनका लागि सन् १९९१ बाट डिभी कार्यक्रम शुरु गरिएको हो । यसको अर्थ पछिल्ला ५ वर्षमा ५० हजारभन्दा कम मानिसहरु आउने मुलुकका लागिमात्र यो कार्यक्रम उपलब्ध छ ।

    अमेरिकामा धेरै आप्रवासन दर भएका अन्य मुलुकका लागि डिभी चिठ्ठा कार्यक्रम उपलब्ध छैन ।

    के हो डिभी ?

    खासमा अमेरिकातर्फ कम आप्रवासन दर भएका मुलुकका नागरिकलाई अमेरिका भित्र्याउनका लागि डिभी कार्यक्रमको शुरुवात गरिएको हो ।

    यसअनुसार हरेक वर्ष विभिन्न मुलुकबाट १ लाख आवेदकलाई दामाशाहीबाट छान्ने गरिन्छ भने ५० हजारलाई ग्रीनकार्ड दिइने प्राबधान छ । डिभी चिठ्ठा दामाशाहीबाट छानिने भएकाले डिभी पर्ने नपर्ने निश्चित भने हुँदैन ।

    हरेक वर्ष अमेरिकाले डिभी चिठ्ठा भर्ने अनलाइन फाराम खुला गर्ने गर्छ । यसअनुसार हरेक वर्ष १ करोड देखि २ करोडसम्मले अनलाइन फाराम भर्ने गर्छन् । यसमा अफ्रिकी तथा एशियालीहरुको धेरै ठूलो सहभागिता रहने बताइन्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend