logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • विदेश पठाइदिने भन्दै रु ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ

    विदेश पठाइदिने भन्दै रु ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ

    884
    Shares
    विदेश पठाइदिने भन्दै रु ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ

    काठमाडौँ । वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु ३४ लाख २३ हजार तीन सय ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेमा योगेश राई रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले भने, “रोहित श्रेष्ठ र जिवेन्द्र श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै निजले रु ३४ लाख २३ हजार तीन सय ठगी गरेको आरोपमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो ।”

    पक्राउ परेका निज राईमाथि गरी जिल्ला प्रहरी परिसर काठमाडौँबाट थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।रासस

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend