logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • माटोको ढिस्कोमा च्यापिएर ४१ वर्षीया महिलाको मृत्यु

    माटोको ढिस्कोमा च्यापिएर ४१ वर्षीया महिलाको मृत्यु

    1.1K
    Shares
    माटोको ढिस्कोमा च्यापिएर ४१ वर्षीया महिलाको मृत्यु

    काठमाडौँ । कैलालीको गौरीगंगा नगरपालिका–५ मा रहेको शिवशक्ति सामुदायिक वनमा माटो खन्ने क्रममा माटोको ढिस्कोमा च्यापिएर एक महिलाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा गौरीगंगा नगरपालिका–५ लालीगुराँस टोलकी ४१ वर्षीया लक्ष्मी सिजापती रहेकी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

    उनका अनुसार गाउँ नजिकै रहेको शिवशक्ति सामुदायिक वनमा माटो खन्ने क्रममा माटोको ढिस्कोमा च्यापिएर निजको मृत्यु भएको हो ।

    मृतक सिजापतीको शव पोष्टमाटम गरी आफन्तलाई बुझाई सकिएको प्रवक्ता बोहराले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend