logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • विपद्मा परेका नागरिकको जीवन बचाउन सातै प्रदेशमा एयर एम्बुलेन्स हुन जरुरी छ : मन्त्री लामिछाने

    विपद्मा परेका नागरिकको जीवन बचाउन सातै प्रदेशमा एयर एम्बुलेन्स हुन जरुरी छ : मन्त्री लामिछाने

    793
    Shares
    विपद्मा परेका नागरिकको जीवन बचाउन सातै प्रदेशमा एयर एम्बुलेन्स हुन जरुरी छ : मन्त्री लामिछाने

    काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सातै प्रदेशले एयर एम्बुलेन्सको अवधारणा बनाउनुपर्ने बताएका छन् ।

    आज राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले विपद्मा परेका नागरिकहरुको जीवन बचाउन सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी रहेको बताए ।

    उनले भने, “विपद्मा परेका नागरिकहरुको जीवन बचाउन एयर एम्बुलेन्स जरुरी छ, सातै प्रदेशले एयर एम्बुलेन्सको अवधारणा बनाउनुपर्ने छ ।”

    यसैगरी मन्त्री लामिछानेले इच्छाशक्ति भएमा बजेट व्यवस्थापन हुनसक्ने भन्दै विपद् व्यवस्थापनका लागि आवश्यक उपकरणको जोहो गर्नुपर्ने बताए । विपद्बाट नागरिकको जीवन बचाउने कुरालाई राष्ट्रिय प्राथमिकताको विषय बनाउनुपर्नेमा जोड दिए ।

    गृहमन्त्री लामिछानेले देशभरका दमकलहरुलाई एकीकृत रुपमा सञ्चालन गर्नेगरी अभ्यास गरिरहेको बताए । देशैभरी विभिन्न कार्यविधि र निर्देशन अनुरुप चलिरहेका एम्बुलेन्सहरुलाई पनि एकीकृत प्रणालीमा ल्याएर सञ्चालन गर्नुपर्ने उनको भनाई छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend