logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • संसदीय समिति नबनाइएसम्म कांग्रेसले संसद् बैठक चल्न दिदैन : डा. कोइराला

    संसदीय समिति नबनाइएसम्म कांग्रेसले संसद् बैठक चल्न दिदैन : डा. कोइराला

    858
    Shares
    संसदीय समिति नबनाइएसम्म कांग्रेसले संसद् बैठक चल्न दिदैन : डा. कोइराला

    काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबनाइएसम्म संसद् बैठक चल्न नदिने बताएका हुन् ।

    बाँकेको कोहलपुरमा आज आयोजित पार्टीको कार्यक्रममा उनले लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाइनुपर्नेमा तर आफूहरुले गृहमन्त्रीको राजीनामा नमागेको बताए ।

    उनले भने, “संसदीय समिति बनाउन सरकार किन डराएको ? हामीले गृहमन्त्रीको राजीनामा मागेका होइनौँ, संसदीय छानबिन बनाऔँ ।”

    वैशाख २८ गते संघीय संसद्का दुवै सदनको बैठक आह्वान गरिएको छ । गएको अधिवेशनका पछिल्ला बैठक सोही मागसहित कांग्रेस सांसदले अवरुद्ध गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend