बुधबार, बैशाख १७ २०८२

बुधबार, बैशाख १७ २०८२

मेयरको टिकट नपाएपछि एक हस्तीले गरे एमाले परित्याग, रुँदै भने साधारण सदस्यसमेत रहन्न

मेयरको टिकट नपाएपछि एक हस्तीले गरे एमाले परित्याग, रुँदै भने साधारण सदस्यसमेत रहन्न

झापा । झापा आन्दोलनका एक हस्तीले नेकपा एमाले त्यागेको घोषणा गरेका छन् । मंगलबार बिहान मेचीनगरका स्थानीय पत्रकारसँग आँसु खसालेर नेकपा एमालेको साधारण सदस्यता समेत नरहने गरी पार्टी परित्याग गरेको बताए ।

मेची नगरपालिकाको मेयरका आकांक्षी बनेका नेकपा एमालेका नेता डिल्लीराम घिमिरेले पार्टीभित्रको चरम गुटबन्दीका कारण पार्टीबाट अलग भएको बताए ।

मेची नगरमा घिमिरे नेकपा एमालेबाट नगर प्रमुख पदका लागि आकांक्षी थिए । तर, हालै सम्पन्न पाटीको आन्तरिक मतदान सहितको सर्वेक्षणमा उनी पछि परेका थिए ।

गएको स्थानीय तहको निर्वाचनमा पनि घिमिरे मेयरका लागि आकांक्षी थिए। स्थानीय पार्टी कमिटीले अर्को स्थानीय तहको निर्वाचनका मेयरका लागि पक्का गरेपछि उनले त्यस बखत उक्त पदको दाबी छोडेका थिए ।

घिमिरे झापा आन्दोलनदेखि नै पार्टीमा सक्रिय थिए । उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका निकट हुन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend