काठमाडौं । नेकपा एमालेले आगामी वैशाख ९ गते स्थानीय तहको निर्वाचनको घोषणापत्र जारी गर्ने भएको छ । मंगलवार पार्टीका नेताहरुले बुझाएको सुझावपत्र ग्रहण गर्दै नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसको जानकारी दिएका हुन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधानले स्थानीय तहलाई दिएको अधिकारलाई हक्का राखेर प्रतिवद्धता जारी गर्नुपर्ने बताएका हुन् ।
उनले विगतमा गरेका कामको सम्झना गर्दै अब के गर्ने भन्ने कुराको ध्यान राखेर यसपटक नेकपा एमालेले गर्ने काम जनताले बुझ्ने गरेर निर्वाचनमा राख्ने बताए । उनले यस पटक नेकपा एमालेले जारी गर्ने स्थानीय तहको निर्वाचनको घोषणापत्र दुई किसिमका हुने जानकारी दिए । उनले केन्द्रबाट जारी गरिने घोषणापत्रमा नेकपा एमालेले स्थानीय तहमा निर्वाचित भइसकेपछि र स्थानीय सरकारमा नेतृत्व प्राप्त गरिसकेपछि कुन क्षेत्रमा कसरी काम गर्ने भन्ने बारेको रहने घोषणापत्र रहने बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले केन्द्रिय तहबाट जारी गरिने घोषणात्रकै आधारमा ७५३ वटा नै पालिकाले प्रतिवद्धता पत्र जारी गर्ने पनि बताए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले घोषणापत्र र पतिवद्धता जारी गर्दा स्थानीय तह र प्रतिनिधिसभाको निर्वाचनमा गरिने प्रतिवद्धताहरुको फरक ठाउँ भएकोले छ्यासमिस गर्न नहुने बताए ।