logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • शेयर बजार मापक नेप्से परिसूचकमा वृद्धि

    शेयर बजार मापक नेप्से परिसूचकमा वृद्धि

    5K
    Shares

    काठमाडौं । बुधबार शेयर बजार मापक नेप्से परिसूचकमा वृद्धि भएको छ । नेप्से परिसूचक ३०.२४ अंक बढेर २४१५.२४ विन्दुमा पुगेको छ । जसमा सेन्सेटिभ इण्डेक्स ६.९७ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१३ अंकले बढेको छ ।

    बुधबार कारोबारमा आएका २२९ कम्पनीको ३३ लाख ९८ हजार कित्ता शेयर १ अर्ब ४७ करोड ६३ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचकमा वृद्धि भए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । अघिल्लो कारोबार दिन मंगलबार १ अर्ब ५२ करोडको शेयर खरिदबिक्री भएको थियो ।

    बुधबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ । अन्य र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । बाँकी उपसमूहको परिसूचक ० प्रतिशत भन्दा माथि बढेको छ ।

    बुधबार नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ । त्यस्तै आरएमडिसी लघुवित्तको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ । त्यस्तै युनाइटेड इदी मार्दी र सारथी लघुवित्तको शेयरमूल्य २ प्रतिशत घटेको छ ।

    कारोबार रकमका आधारमा ८ करोड ४३ लाख ३४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । अरुण भ्याली हाइड्रोपावरको ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend