logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • आगामी तीन दिन नेपालको विभिन्न स्थानमा तापक्रम बढ्ने

    आगामी तीन दिन नेपालको विभिन्न स्थानमा तापक्रम बढ्ने

    3.3K
    Shares

    काठमाडौं । नेपालमा आगामी तीन दिनसम्म तापक्रममा बृद्धि हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । आइतबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजुधर प्रधानाङ्गले मंगलबारसम्म देशका विभिन्न स्थानमा तापक्रम बृद्धि हुने बताएका हुन् । केही दिनदेखि तापक्रम बृद्धि भइरहेको उल्लेख गर्दै उनले अझै केहि दिनसम्म तापक्रम बृद्धि कायम रहने बताएका हुन् । हाल नेपालको माथिल्लो वायु मण्डलमा उच्च चापीय प्रणालीको प्रभाव रहेकाले तापक्रम बृद्धि भएको उनलउ बताए ।

    केही दिनपछि भने उच्च चापीय प्रणालीको प्रभाव कम हुने र पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहने हुनाले तापक्रममा कमि आउने सम्भावना भएको बरिष्ठ मौसमविद् प्रधानाङ्गले बताउनुभयो । उनले भने, ‘विगत केही दिनदेखि नेपालको विभिन्न स्थानहरुमा तापक्रम बढ्नेक्रममा रहेको देखिएको छ । यसको मुख्य कारण चाहीँ नेपालको माथिल्लो वायु मण्डलमा उच्च चापिय प्रणालीको प्रभाव रहेको देखिन्छ । र आगामी केही दिन पछि उक्त उच्च चापिय प्रणालीको प्रभाव कम हुने र पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहने हुनाले आगामी तिन÷चार दिन पछि नेपालको भु–भागहरुमा तापक्रममा केही कमी आउने सम्भावना देखिएको छ । आगामी मंगलवारसम्म तापक्रम बढ्ने सम्भावना रहेको देखिन्छ भने बुधबार र बिहीबार तापक्रममा केही गिरावट आउने सम्भावना रहेको छ । पश्चिमी न्युन चापिय प्रणालीको प्रभावले गर्दाखेरी बुधबार र बिहीबार केही कम हुन्छ । तर त्यो प्रभाव गएपछि फेरी तापक्रम वृद्धि हुने सम्भावना रहन्छ ।’

    उनले तराई क्षेत्रमा भने बढी नै तापक्रम बृद्धि हुने बताए । हाल तराईका केही स्थानहरुमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको भन्दै उनले यो क्रम केही दिनसम्म रहने बताए । उनले भने, ‘तापक्रम बढ्नुको मुख्य कारण एक त यो सिजनल इफेक्ट पनि हो । अहिलेको मौसम नै तापक्रम बढ्ने क्रममा रहने हुन्छ । त्यो हुनाले पनि हो एउटा । अर्को कारण चाहीँ नेपालको वायु मण्डलमा उच्च चापिय प्रणाली हुन्छ । उच्च चापिय प्रणाली हुँदाखेरी आकाश खुल्ने सुर्यको किरण सिधै पुथ्वीको सतहमा पर्ने हुनाले सतह नजिकको वायु तातिने हुनाले यो समयमा वायुको तापक्रम बढ्ने हुन्छ ।

    अधिकतम र न्युनतम ठाउँ अनुसार फरक हुन्छ । सामान्यतया आगामी तिन÷चार दिनसम्मको अवस्था हेर्दाखेरी तराईतिर अलि बढी नै हुने देखिन्छ । जस्तै अहिले ३८, ३९ को हाराहारीमा छ । थोरै स्थानहरुमा ४० पनि पुगेको देखिन्छ । यही क्रममा आगामी केही दिनमा हल्का बढ्ने सम्भावना रहेको देखिन्छ । पछि पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव आइसकेपछि उक्त तापक्रममा केही गिरावट आउने सम्भावना रहेको छ ।’ उनले अहिले तापक्रम बढ्ने सिजननै भएकाले पनि तापक्रम वृद्धि भइरहेको उल्लेख गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend