दाङ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पार्टीका दाङ जिल्ला इन्चार्ज जीवन गौतमले पार्टी छाडेका छन् । आज (सोमबार) दाङमा पत्रकार सम्मेलन गरेर उनले पार्टी छाडेको घाषणा गरेका हुन् ।
गौतमले माओवादी केन्द्रको साधारण सदस्य पनि नरहने गरी पार्टी परित्याग गरेको बताए । एमसीसीमा पनि पार्टीले गलत नीति बोकेको र सही दिशामा पार्टी नहिँडेकाले पार्टी छाडेको उनले बताएका छन् ।
तर उनले घोराही नगरपालिकाको मेयरको टिकट नपाउने देखेर पार्टी छाडेका कतिपय बताउने गर्छन् ।