logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • भक्तपुरमा जारी सांस्कृतिक पर्यटन तथा व्यापार मेला सकियो, ५ करोडको कारोबार

    भक्तपुरमा जारी सांस्कृतिक पर्यटन तथा व्यापार मेला सकियो, ५ करोडको कारोबार

    3.6K
    Shares

    भक्तपुर । ५ करोड रुपैयाँ बराबरको कारोबार गर्दै भक्तपुरमा जारी सांस्कृतिक पर्यटन तथा व्यापार मेलामा सम्पन्न भएको छ । महोत्सबमा करिब ४ लाख आगन्तुकहरू भ्रमण गरेको र ५ करोड बराबरको कारोबार भएको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले बताए ।

    मेलाका संयोजक दीपक थापाका अनुसार मेलामा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु विभिन्न प्रकारका लत्ताकपडाहरू, जुत्ताहरू, कृषि तथा हस्तकलाका सामाग्रीका स्टलहरू रहेका थिए । औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतका अनुसार भक्तपुर, काठमाडौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका बासिन्दाले मेलामा सहभागीता जनाउदैं आएका छन् ।

    सांस्कृतिक, पर्यटन तथा व्यापार मेला मा भएको डान्स आइडलको बिजेता सन्जु तामाङ बन्न सफल भएकी थिइन् भने फर्स्ट रनरअप मोनालिशा धामी, सेकेण्ड रनरअप बिपिना तामाङ, बेष्ट प्रफरमेन्स करुणा खड्का र पंक्चुअलिटीको टाईटल रुना सुनामले जित्न सफल भएका थिए ।

    महोत्सबको केहि रकम महोत्सब आयोजक संस्था मार्फत मृगौला पिडितलाई आर्थिक सहयोग गरिएको कुरा अध्यक्ष महतले जानकारी गराएका छन् । नयाँ वर्षको पूर्वसन्ध्यामा चैत्र २४ देखि सुरु भएको यो मेला वैशाख भोली ४ गते रातीबाट सकिएको हो । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डले भक्तपुरको सल्लाघारीमा मेला आयोजना भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend