डोल्पा । डोल्पामा दुई गाउँपालिकाका अध्यक्ष नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै एमालेबाट निर्वाचित काईके गाउँपालिका अध्यक्ष अंगत राना र छार्काताङ्सोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले समाजवादीमा प्रवेश गरेको बताएका हुन् ।
अध्यक्ष गुरुङ अघिल्लो चुनावमा स्वतन्त्रबाट चुनाव जिते पनि पछि एमालेमा समाहित भएका थिए ।