logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • सुनको मूल्य घट्यो, यतिमा हुदै कारोबार

    सुनको मूल्य घट्यो, यतिमा हुदै कारोबार

    8.5K
    Shares

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको बजार भाउ तोक्दै हिजोको तुलनामा ४०० रुपैयाँले घटेको जानकारी दिएको हो ।

    जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार १०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ६०० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला १ ला २ हजार ५०० रुपैयाँ थियो ।

    यसैगरी, आज चाँदीको मूल्य स्थिर तोकिएको छ । हिजो तोलामा १४ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend