काठमाडौं । नेपाल विवेकशील पार्टीले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र जारी गरेको छ । देशभरका स्थानीय तहहरूलाई आवश्यक पर्ने न्यूनतम मापदण्डहरूलाई आधार बनाई यो घोषणापत्र तयार गरिएको हो ।
नेपाल विवेकशील पार्टीले गर्ने कार्यहरू
१- सुशासित, सुव्यवस्थित स्थानीय तह (सुविधायुक्त, प्रविधियुक्त तथा झन्झटमुक्त सार्वजनिक सेवा)
२- गरिखान सक्ने, सबल, उद्यमशील स्थानीय तह (जीवनयापन, उत्पादकत्व तथा आर्थिक सम्पन्नता)
३- सुन्दर, हराभरा, बाँझोरहित स्थानीय तह (पर्यटन, पर्यावरण तथा कृषि उत्पादन)
४- विविधतायुक्त, समावेशी स्थानीय तह (सांस्कृतिक उत्थान, सम्पदा संरक्षण तथा विविधता)
५- गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो लगायतका आधारभूत सुविधाहरू सुनिश्चित गर्ने स्थानीय तह (पूर्वाधार तथा समतामूलक विकास)
६- समन्वय र सहकार्य (स्थानीय, प्रदेश तथा संघीय सरकार)