logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • गुडिरहेका बस एक आपसमा ठोक्किदा दुर्घटना: बीस जनाको मृत्यु, केही घाइते

    गुडिरहेका बस एक आपसमा ठोक्किदा दुर्घटना: बीस जनाको मृत्यु, केही घाइते

    3.6K
    Shares

    रासस/सिन्ह्वा । नाइजेरियामा मंगलबार भएको सडक दुर्घटनामा परेर कम्तीमा पनि २० जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको उत्तर पश्चिमी राज्य बाउचीमा सडकमा गुडिरहेका बस एक आपसमा ठोक्किन पुग्दा यो दुर्घटना भएको थियो ।

    सो दुर्घटनामा परेर २० जनाको ज्यान गएको र अरु केही घाइते भएका सो राज्यका प्रहरी प्रवक्ताले जानकारी दिएका छन् । प्रहरीका अनुसार ती दुवै सवारी साधनको गति उच्च भएका कारण दुर्घटना भएको थियो । उक्त क्षेत्रको सडकको अवस्था तथा सवारी साधनका चालकहरुले प्रायः उच्च गतिमा सवारी गुडाउने भएकाले यसअघि पनि बारम्बार दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ ।

    नाइजेरियामा सडकको दुराबस्था, असुरक्षित ड्राइभिङका कारणले नै यहाँ प्रायः सडक दुर्घटना हुने गरेको प्रहरीको भनाई छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend