logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • हामी एक्लै लड्छौँ, जनताले जुन स्थान दिन्छन्, त्यसैमा बस्नेछौं: अध्यक्ष लिङ्देन

    हामी एक्लै लड्छौँ, जनताले जुन स्थान दिन्छन्, त्यसैमा बस्नेछौं: अध्यक्ष लिङ्देन

    4K
    Shares

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी एक्लै लड्ने बताएका छन् । सैद्धान्तिक रुपमा राप्रपा एक्लै लड्ने तयारीमा रहेको उनले बताए ।

    हामीले संगठन संरचनामा धेरै फेरबदल र सुधार गरिसकेका छौं । निकै लामो फड्को मार्‍यौं । निष्ठाले राजसंस्था चाहिन्छ, हिन्दु राष्ट्र चाहिन्छ भन्ने आइसक्नुभएको छ । बाँकी पनि आउनुहुन्छ । जनताले जुन स्थान दिन्छन्, हामी त्यसमा बस्नेछौं ।”

    उनले नेकपा एमालेसँग आफ्नो पार्टीको कुनै कुरा नभएको पनि स्पष्ट पारे । उनले थपे, “हामो कुनै पार्टीसँग तालमेलको कुरा भएको छैन । एमालेसँग कुरा गर्ने अरु नै राप्रपा होला । स्थानीय तहमा आवश्यकताअनुसार साथीभाइले कुरा गरेछन् भने त्यो बेग्लै कुरा हो ।”

    ‘‘१२ कक्षासम्म निःशुल्क र आधारभूत स्वास्थ्य सेवा निःशुल्क भनेको विगतमा हामीले झापाको कचनाकवल र हल्दिबारीमा निर्वाचन जितेर अभ्यास गरिसकेका छौं । यसका लागि हामीले कर बढाउँदैनौं” उनले भने ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend