logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • गल्फ,बक्सिङ्ग: पुरन र सौगात सेमिफाइनलमा

    गल्फ,बक्सिङ्ग: पुरन र सौगात सेमिफाइनलमा

    4K
    Shares

     

    काठमाडौं । विभागीय टोलीका पुरन राई र गण्डकी प्रदेशका सौगात कुमाल गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ५७ केजीमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । बसन्तपुर डबलीमा जारी प्रतियोगिताको क्वाटरफाइनलमा पुरनले लुम्बिनी प्रदेशका निशम घर्ती मगरलाई तथा सौगातले मधेश प्रदेशका अमन अली तथा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन ।

    पुरुष ५२ केजीमा मधेसका मदनकृष्ण डंगोलले सुदूरपश्चिम प्रदेशका सन्दिप नाथ तथा एपीएफका प्रदीप महर्जनले बाग्मती प्रदेशका रोहित महर्जनलाई हराउदै सेमिफाइनलमा पुगे । पुरुष ६३ केजीमा नेपाल आर्मीका पुरन सुनुवारले बाग्मतीका मौसम राना मगर तथा लुम्बिनीका अनिल पुन मगरले सुदूरपश्चिमका महेन्द्र चन्दलाई पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे ।

    यस्तै प्रतियोगिताको पुरुष ६९ केजीमा आर्मीका दानबहादुर दर्लामीले लुम्बिनीका विकास राना मगरलाई पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे । सोही तौलसमूहमा बाग्मतीका शिरीश खनालले प्रदेश १ का अभिनय राईबाट वाकओभर पाउदै सेमिफाइनलमा पुगे । पुरुष ७५ केजीमा कर्णाली प्रदेशका दिलराज भण्डारीले सुदूरपश्चिमका भूपेन्द्र बिसी तथा प्रदेश १ का सनम गुरुङले गण्डकीका निसान गुरुङको चुनौती समाप्त पार्दै सेमिफाइनलमा स्थान बनाए । पुरुष ८१ केजीमा बाग्मतीका रोशन स्याङ्तान र सुदूरपश्चिमका श्यामबहादुर महता अन्तिम चारमा पुग्न सफल भए ।

    रोशनले मधेशका किरण लामा तथा श्यामले गण्डकीका मनीष बिसीमाथि जित निकाले । पुरुष ९१ केजीमा आर्मीका गणेश प्रधानले सुदूरपश्चिमका दिनेश भट्ट तथा प्रदेश १ का प्रसिश रुचालले बाग्मतीका उमंग महर्जनलाई निराश पार्दै सेमिफाइनलमा प्रवेश गरे ।

    गल्फः भुवन फाइनल चरणमा

    भुवन नगरकोटी अंकतालिकाको शीर्ष स्थानमा उक्लिदै बिहीबार सूर्य नेपाल च्यालेन्जको फाइनल चरणमा प्रवेश गरेका छन् ।

    पार–६८ को रोयल नेपाल गल्फ क्लबमा बिहीबार तेस्रो दिन ६ अन्डर ६६ को उत्कृष्ट प्रदर्शन गरेका भूवनले समग्रमा भूवनकुमार रोक्कामाथि एक स्ट्रोकको अग्रतासहित फाइनल चरणमा स्थान बनाएका हुन् । नगरकोटीले समग्रमा कुल ११ अन्डर १ सय ९३ को स्कोर कार्ड बनाउँदै बुधबार शीर्ष स्थानमा रहेका रोक्कामाथि साँघुरो अग्रता लिए । रोक्काले भने बिहीबार दुई अन्डर ६६ बटुले । सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सूर्य नेपाल च्यालेन्जमा सन्जय लामाले तेस्रो स्थानबाट पछ्याइरहेका छन् । तेस्रो दिन सन्जयले इभन पार ६८ मा खेलेपछि कुल आठ अन्डर १९६ मा रहे ।

    दिनेश प्रजापती र भेट्रान प्रो. गल्फर दीपक मगर समग्रमा समान सात अन्डर १९७ को स्कोर कार्डमा छन् । बिहीबार दिनेशले चार अन्डर ६४ को प्रदर्शन गर्दा दीपक भने एक अन्डर ६७ मा खुम्चिएका थिए । एमेच्योर गल्फर सुवास तामाङले तेस्रो दिनको समाप्तिमा कुल ६ अन्डर १९८ को कार्डसहित फाइनल चरणमा पुगे । उनले बिहीबार तीन अन्डर ६५ को स्कोर कार्ड बटुलेका थिए । नीरज तामाङ कुल पाँच अन्डर १९९ मा छन् । उनले तेस्रो चरणमा दुई अन्डर ६६ मा खेले । जयराम श्रेष्ठ पनि तेस्रो दिन दुई अन्डर ६६ सहित समग्रमा तीन अन्डर २०१ मा रहे । धनबहादुर थापाले भने इभन पारमा खेले ।

    उनी समग्रमा एक अन्डर २०३ मा छन् । कुल ५४ होलको समाप्तीमा राजेन्द्र थापामगर, रामे मगर र सूर्यप्रसाद शर्मा संयुक्त इभन पार २०४ को कार्डमा छन् । राजेन्द्रले तेस्रो दिन प्रतियोगिताकै उत्कृष्ट प्रदर्शन गर्दै सात अन्डर ६१ बटुले । तेस्रो दिन रामे इभन पार ६८ मा रहँदा सूर्यले भने सात ओभर ७५ को बिर्सनलायक प्रदर्शन गरे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend