काठमाडौँ । नेकपा एमालेका मोहन्याल गाउँ कमिटी उपाध्यक्ष टीकाराम भण्डारीले पार्टी परित्याग गरेका छन् । उनले सोमबार गाउँ कमिटी उपाध्यक्षबाट राजीनामा दिँदै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
भण्डारीले एमालेको साधारण सदस्य समेत नरहने घोषणा गरेका छन् । आजका मितिदेखि नेकपा एमाले मोहन्याल गाउँ कमिटी उपाध्यक्ष पदबाट राजीनामा गरेको छु, उनले फेसबुकमा लेखेका छन्, साथै आजको दिनबाट नेकपा एमालेको साधारण सदस्य समेत नरहेको जानकारी गर्दछु ।
भण्डारी गाउँपालिकाको वडा नम्बर ६ का अध्यक्ष समेत हुन् । गत चुनावमा एमालेको तर्फबाट वडाध्यक्षमा विजयी भएका थिए ।