२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सरकारले सन्तोषनारायण श्रेष्ठलाई बनायो धितोपत्र बोर्डको अध्यक्ष

सोमवार , मंसिर १०, २०८१

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले पहिलो नम्बरमा परेका श्रेष्ठलाई बोर्डको अध्यक्ष बनाएको हो ।

सर्टलिस्टमा परेका पाँच मध्ये चार उम्मेदवारहरुसँग अन्तर्वार्ता लिएपछि समितिले सन्तोषनारायणका साथै बोर्डका कार्यकारी निर्देशक रहेका डा. नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर कार्कीलाई सिफारिस गरेको हो ।

झण्डै ११ महिनापछि बोर्डले अध्यक्ष पाएको छ । व्यवस्थापनमा स्नातकोत्तरसम्म अध्ययन गरेका श्रेष्ठ नेपाल विद्युत प्राधिकरणका सञ्चालक बनिसकेका छन् । उनी व्यावसायिक पृष्ठभूमिका हुन् ।

स्याङजाका स्थायी बासिन्दा उनी हाल बुटवल बस्छन् । काठमाडौं विश्वविद्यालयबाट बीबीए र एमबीए गरेका उनीसँग विभिन्न वित्तीय संस्था र नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा बसेर काम गरेको अनुभव छ ।

यसअघि नेकपा माओवादी केन्द्र र नेकपा एमाले गठबन्धन सरकारमा छँदा आफ्नालाई ल्याउन तानतान गर्दा बोर्डको अध्यक्ष चयन प्रक्रिया अवरुद्ध भएको हो । एमाले–माओवादी सरकारमा रहँदा अध्यक्ष चयनमा विवाद भएको थियो ।

लामो समयदेखि बोर्ड अध्यक्षविहीन भएर काम अवरुद्ध भएपछि गत साउनमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रालयका सहसचिव महेश बराललाई अध्यक्ष नियुक्त गरेर पठाएका थिए ।

यो पनि :

धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता सकियो, कस्ले मार्ला बाजी ?

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट