२०८३, श्रावण ६ गते

बुधवार, श्रावण ६ गते २०८३

सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता : रौतहटका ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बुधवार , श्रावण ६, २०८३

काठमाडौं । रौतहटको दुर्गा भगवती गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा व्यापक अनियमितता भएको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार दुर्गा भगवती गाउँपालिका–३ मत्सरीमा आर्थिक वर्ष २०७४.०७५ देखि २०८१/०८२ सम्म सामाजिक सुरक्षा भत्ता वितरणमा मिलेमतो गरी ३२ लाख २४ हजार १ रुपैयाँ बराबरको सरकारी रकम हिनामिना गरिएको आरोपमा तत्कालीन निमित्त कार्यकारी अधिकृत प्रमोदकुमार ठाकुर, वडा नं. ३ का तत्कालीन वडाध्यक्ष धर्मेन्द्रकुमार झा, वडा सचिव उमेश चौधरीसहित ४२ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

अनुसन्धानका क्रममा कानुनी योग्यता नपुगेका व्यक्तिलाई लाभग्राही कायम गरी वृद्धभत्ता, एकल महिला तथा विधवा भत्ता वितरण गरिएको, एउटै व्यक्तिलाई दोहोरो शीर्षकमा समेत भुक्तानी गरिएको खुलेको आयोगले जनाएको छ ।

त्यस्तै, आवश्यक निवेदन र प्रमाण कागजात नै नलिई झुट्टा विवरणका आधारमा सामाजिक सुरक्षा परिचयपत्र जारी गरिएको, बैंकिङ प्रणाली लागू हुनुअघि एउटै व्यक्तिले विभिन्न लाभग्राहीका नाममा औँठाछाप लगाएर भत्ता बुझेको तथा बैंकिङ प्रणाली लागू भएपछि पनि झुट्टा विवरण सूचना प्रणालीमा प्रविष्ट गरी अयोग्य व्यक्तिलाई रकम उपलब्ध गराइएको अनुसन्धानबाट पुष्टि भएको छ ।

आयोगका अनुसार उमेर नपुगेका व्यक्तिलाई ज्येष्ठ नागरिक भत्ता र श्रीमान् जीवित रहेका महिलालाई एकल महिला तथा विधवा भत्ता वितरण गरिएको समेत भेटिएको छ ।

सार्वजनिक सम्पत्तिमा ३२ लाख २४ हजार १ रुपैयाँ बराबरको हानिनोक्सानी भएको निष्कर्षसहित प्रतिवादीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत सार्वजनिक सम्पत्ति हिनामिना, गलत लिखत तयार तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको अभियोगमा सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

Capture.PNG

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट