बुधबार, बैशाख १७ २०८२

बुधबार, बैशाख १७ २०८२

एमालेले लगायो दैलेखका ११ वटै स्थानीय तहमा उम्मेदवारको टुंगो, यी हुन् उम्मेदवार

एमालेले लगायो दैलेखका ११ वटै स्थानीय तहमा उम्मेदवारको टुंगो, यी हुन् उम्मेदवार

 

दैलेख । नेकपा एमालेले दैलेखका ११ वटै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ । एमालेले जिल्लाका ११ वटा स्थानीय तहको मेयर, उपमेयर तथा अध्यक्ष, उपाध्यक्षको उम्मेदवार टुंगो लगाएको हो । एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष बिनोदकुमार शाहका अनुसार दैलेखको नारायण नगरपालिका मेयरमा लोमन शर्मा र उपमेयरमा तप्ताकुमारी थापालाई उम्मेदवार बनाएको छ ।

यस्तै, दुल्लु नगरपालिका मेयरमा रुद्रबहादुर शाही र उपमेयरमा बिना कार्कीलाई उम्मेदवार बनाएको छ । चामुण्डाबिन्द्रासैनी नगरपालिकाको मेयरमा सूर्यबहादुर शाही उपमेयरमा नन्दा विष्ट, ठाँटिकाँध गाउँपालिकाको अध्यक्षमा लक्ष्मीदेवी शाह र उपाध्यक्षमा देवीराम बडुवाललाई चयन गरिएको छ ।

एमालेले महाबु गाउँपालिकाको अध्यक्षमा हरिप्रसाद उपाध्याय र उपाध्यक्षमा दूर्गाकुमारी सिंह, नौमुले गाउँपालिकाको अध्यक्षमा शशिराम विक, उपाध्यक्षमा गीता चन्दलाई उम्मेदवार बनाएको छ । यस्तै जिल्लाको डुङ्गेश्वर गाउँपालिकाको अध्यक्षमा सुन्दर केसी र उपाध्यक्षमा कलावती न्यौपानेलाई चयन गरिएको छ ।

त्यसैगरी, एमालेले गुराँस गाउँपालिकाको अध्यक्षमा टोपबहादुर बिसी र उपाध्यक्षमा शिवाकुमारी खड्का, भगवतीमाई गाउँपालिका अध्यक्षमा शान्तिप्रसाद शर्मा र उपाध्यक्षमा बशन्ता शाहीलाई उम्मेदवार बनाएको छ । अध्यक्ष शाहका अनुसार जिल्लाको आठबीस नगरपालिकाको मेयरमा तर्कबहादुर बडुवाल र उपमेयरमा कल्पना थापालाई उम्मेदवार चयन गरिएको छ ।

भैरबी गाउँपालिकाको अध्यक्षमा सर्वराज महतरा र उपाध्यक्षमा पदमकुमारी विस्ट केसीलाई उम्मेदवार बनाइएको अध्यक्ष शाहले बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend