logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • सचिव टंकलाल घिसिङद्धारा राष्ट्रिय खेलाडी कल्याणकारी कोषलाई सहयोग

    सचिव टंकलाल घिसिङद्धारा राष्ट्रिय खेलाडी कल्याणकारी कोषलाई सहयोग

    3.5K
    Shares

     

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय खेलाडी कल्याणकारी कोषलाई आर्थिक सहयोग गरेका छन् । सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघमा आयोजित कार्यक्रममा नवनियुक्त सदस्य सचिव घिसिङले सो कल्याणकारी कोषलाई नगद २ लाख ९ हजार १ सय १४ रुपैया हस्तान्तरण गरेका हुन् ।

    अदालतको फैसाला पछि काममा फर्किएका उनले मुद्धा अदालतमा विचारधिनको अवधि ३ महिना १६ दिनको सेवा सुविधाको पैैसालाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषलाई प्रदान गरे । पूर्व सदस्य सचिव रमेश कुमार सिलवालले सदस्य सचिवको पुनबहालीका लागि अदालतमा मुद्धा दायर गरेपछि घिसिङको नियुक्तीलाई अदालतले तत्काल रोक्न भनेको थियो ।

    पछि अदालतले रमेश कुमार सिलवालको मुद्धा खारेज गरेपछि घिसिङ पुनः काममा फर्किनु भएको थियो । सोही बीचको अवधिको सेवा सुविधा बापतको पारिश्रमिक खेलाडीहरुकै लागि सहयोग पुगोस् भन्ने उद्देश्यका साथ खेलाडी कल्याणकारी कोषलाई प्रदान गरिएको सदस्य सचिव घिसिङले बताए ।

    मन्त्रीपरिषद निर्णयबाट गत मंसिरमा सदस्य सचिवमा नियुक्त हुनु भएका घिसिङको प्रस्ताबमा नवौ राष्ट्रिय खेलकुदको मिति तय भएको छ । जेठ २२ गतेबाट गण्डकी प्रदेशमा २८ गते सम्म सञ्चालन हुँदैछ ।

    यस्तै नवनियुक्त सदस्य सचिवको प्रस्ताव र अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजको समन्वयनमा राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठक पनि सम्पन्न भएको छ । बोर्ड बैठकले नवौ राष्ट्रिय खेलकुदमा समावेश हुने खेल संख्या तोकेको छ भने चीनमा आयोजना हुने १९औं एसियन गेम्सका लागि २३ खेलले सहभागिता जनाउने समेत निर्णय गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend