logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • मोरङमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    मोरङमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    4K
    Shares

    विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–३ शान्ति चोकमा मंगलबार दिउँसो कारको ठक्करबाट मोटरसाइकल चालक युवकको मृत्यु भएको छ । कोसी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०२७ च २२६६ नम्बरको कारले मे २ प ६९५७ नम्बरको मोटरसाइकललाई दिउँसो १स्३५ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो ।

    मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक बूढीगंगा–२ का ३० वर्षीया शोभा राजवंशीको मृत्यु भएको छ ।

    दुर्घटनालगत्तै कार चालक जनकपुर घर भएका २९ वर्षीय शैलेन्द्रप्रसाद यादवलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend