logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • प्रदेशसभा सदस्य राजीनामा दिएर राजपुर नगरपालिकाको मेयरमा लड्दै दीपेश थारु

    प्रदेशसभा सदस्य राजीनामा दिएर राजपुर नगरपालिकाको मेयरमा लड्दै दीपेश थारु

    4.5K
    Shares

    बुटवल । नेकपा माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित दीपेश थारुले पदबाट राजीनामा दिएर बर्दियाको राजपुर नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन् । गत वैशाख ९ गते राजीनामा बुझाएका थारुको आइतबार राजीनामा स्वीकृत भएको हो ।

    मेयरको प्रचारमा व्यस्त रहेका थारु प्रदेशबाट भन्दा स्थानीय तहबाट अझ धेरै जनताको सेवा सकिने बताउँछन् । उनले भने, ‘नेपालको संविधानले प्रदेशलाई भन्दा धेरै अधिकार स्थानीय तहलाई दिएको छ । प्रदेशभन्दा यहाँबाटै धेरै काम गर्न सकिन्छ भन्ने ठानेर प्रदेशसभा छाडेर स्थानीय तहमा आएको छु ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend