logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • बझाङमा दुई जना पत्रकारले गरे स्वतन्त्र उम्मेदवारी दर्ता

    बझाङमा दुई जना पत्रकारले गरे स्वतन्त्र उम्मेदवारी दर्ता

    3.7K
    Shares

    बझाङ । आगामी स्थानीय तहको निर्वाचनका लागि बझाङ जिल्लामा पत्रकारिता गर्दै आएका दुई जना पत्रकारले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवार दर्ता गराउनेमा नेपाल पत्रकार महासंघ बझाङका सचिव ललितबहादुर सिंह र प्रेस युनियन जिल्ला शाखा बझाङकी उपाध्यक्ष पार्भती ऐडी रहेका छन् ।

    सचिव सिंहले खप्तड छान्ना गाउँपालिका–७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

    त्यसैगरी, प्रेस युनियन बझाङकी उपाध्यक्ष पार्भती ऐडीले पनि गाउँपालिका उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी छिन् । उनले तलकोट गाउँपालिकाको उपाध्यक्षमा सोमबार स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी हुन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend