logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • एक सातामा १७ सयले घट्यो सुनको मूल्य

    एक सातामा १७ सयले घट्यो सुनको मूल्य

    4K
    Shares

     

    काठमाडौं । यो साता सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको ६ दिन कारोबार भएको सुनको मूल्य करिब २ हजार रुपैयाँ प्रति तोलाले घटेको जानकारी दिएको हो ।

    गत साताको शुक्रबार छापावाल सुनको कारोबार प्रतितोला १ लाख ९०० रुपैयाँमा भएको थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा १७ सय रुपैयाँले घटेर ९९ हजार २०० रुपैयाँमा आइपुगेको हो । यस्तै, गतसाता तोलामा १ लाख ४०० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य यो साताको शुक्रबारसम्ममा ९८ हजार ७०० रुपैयाँ छ ।

    यो साता पहिलो कारोबार दिनदेखि नै सुन घट्न लागेको थियो । आइतबार तोलामा ४०० रुपैयाँले घटेको सुनको मूल्य सोमबार ३०० रुपैयाँले घटेको थियो । यस्तै, मंगलबार ९०० रुपैयाँ, बुधबार ३०० रुपैयाँ र विहीबार १ हजार रुपैयाँ प्रति तोलाले घटेको थियो ।

    साताको पहिलो कारोबार दिनदेखि नै घट्न लागेको सुनका मूल्य आइतबारदेखि नै घट्न थालेको हो । यसैगरी, गत साताको शुक्रबार प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी यो साता ४० रुपैयाँ घटेको छ । यससँगै आज चाँदीको कारोबार प्रतितोला १३ सय २० रुपैयाँमा भइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend