काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेस पार्टीका पूर्व अध्यक्ष राहुल गान्धी नीजी भ्रमणमा काठमाडौँमा छन् । सोमबार भिस्तारा एयरको विमानबाट काठमाडौँ ओर्लिएका उनी साँझ ठमेलस्थित नाइट क्लब एलओडी (लर्ड अफ द ड्रिङ्क्स) मा गएका थिए ।
एलओडी गएको भिडियोले नेपालका साथै भारतमा पनि चर्चा बटुलेको छ । यो भिडियो सेयर गर्दै भाजपाले कांग्रेस र राहुल गान्धीमाथि हमला गरेका छन् ।
‘राहुल गान्धीले के गरिरहेका छन्, यो उनको नीजि मामिला हो । तर जब राजस्थानको जोधपुरमा हिंसा भइरहेको छ, राजस्थानमा कांग्रेसको सरकार छ, राजस्थान जलिरहेको छ । यसमाथि चिन्ता व्यक्त गर्नुको साटो राहुल गान्धी नेपालको नाइटक्लबमा पार्टी गरिरहेको देखिएका छन् । जबकी उनी भारतका जनतासँग उनीहरुको समस्याबारे जान्न अग्रसर हुनुपर्दथ्यो ।’–भाजपा प्रवक्ता शहजाद पूनावालाले भने ।