काठमाडौं । अभिनेता भुवन केसीले अब राजनीतिबाट देशको सेवा गर्ने बताएका छन् । ४० वर्षसम्म फिल्ममार्फत देशलाई योगदान पुर्याएको र अब राजनीतिका माध्यमबाट जनताको सेवा गर्ने बताए ।
भर्खरै नेपाली कांग्रेस प्रवेश गरेका अभिनेता केसीले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा भने, ‘केही समयअघिदेखि नै कांग्रेस प्रवेश गर्ने कुरा भए पनि समय मात्रै अहिले जुरेको हो । मेरो राजनीतिका यात्रा कलाकारको हकहितमै केन्द्रित हुनेछ ।’