काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षले राजीनामा दिएका छन्। आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका प्रधानमन्त्री राजापाक्षले सोमबार राजीनामा दिएका हुन् ।
उनको राजीनामासँगै उनका भाइ तथा राष्ट्रपति गोताबाया राजापाक्षलाई राष्ट्रिय सहमतिको सरकार बनाउन बाटो खुला भएको छ ।
श्रीलंका पछिल्लो समयमा इतिहासकै सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।