logo

२०८१ असोज २४ बिहिबार

logo
  • बिहिबार, २४ असोज २०८१
  • घरदैलो अभियानका क्रममा अस्वस्थ भएका एमालेका वडाध्यक्ष उम्मेदवारको मृत्यु

    घरदैलो अभियानका क्रममा अस्वस्थ भएका एमालेका वडाध्यक्ष उम्मेदवारको मृत्यु

    4.2K
    Shares

    तुलसीपुर । घरदैलो अभियानका क्रममा अस्वस्थ भएपछि अस्पताल भर्ना भएका तुलसीपुर उपमहानगरका वडाध्यक्षका उम्मेदवारको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१७ मा नेकपा (एमाले) बाट वडाध्यक्षका उम्मेदवार लबरू चौधरीको मृत्यु भएको हो । उनको उपचारका क्रममा मृन्यु भएको एमाले उपमहानगर कमिटीका अध्यक्ष माधव वलीले बताए ।

    चुनावी प्रचारप्रसारको क्रममा स्वास्थ्यमा समस्या आएपछि उनलाई नेपालगञ्जस्थित भेरी अस्पताल भर्ना गरिएको थियो। नेपालगञ्जमा उपचार हुन नसकेपछि काठमाडौं लगिएको थियो ।

    ५४ वर्षीय चौधरी २०७४ सालको स्थानीय चुनावमा वडा सदस्य निर्वाचित भएका थिए। यस पटक वडाध्यक्षका उम्मेदवार बनेका उनको राम्रो पकड रहेको थियो।

    उनको फोक्सोमा पानी जमेको पाइएको परिवारजनले जनाएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend