काठमाडौं । ललितपुरको महाँकाल गाउँपालिकाको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । २०० गन्दा अध्यक्षमा नेपाली काँग्रेसबाट सत्तारुढ गठबन्धनका साझा उम्मेदवार गणेश केसी अग्रता बनाएका छन् ।
उनले १२० पाउँदा एमालेबाट अध्यक्षका उम्मेदवार कमला तामाङ ६८ ल्याएर पछ्याइरहेका छन् । यस्तै उपाध्यक्षमा पनि माओवादीबाट गठबन्धनका साझा उम्मेदवार डोल्पा लामाले १२२ मत प्राप्त गरेर अग्रता बनाएका छन् । एमालेका पुरुषोत्तम हुमागाईं ५४ का साथ पछ्याइरहेको अवस्था छ ।