logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • ५०० मत गन्दा पाँचदलीय गठबन्धनको जम्मा आठ मत

    ५०० मत गन्दा पाँचदलीय गठबन्धनको जम्मा आठ मत

    19.1K
    Shares

    काभ्रे । काभ्रेको धुलिखेल नगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । नगरपालिकामा स्वतन्त्र उम्मेदवार रहेका विदुरकुमार बस्नेतले अग्रता लिएका छन् ।

    ५ सय मत गन्दा स्वतन्त्र उम्मेदवार विदुरकुमार बस्नेतले अग्रता लिएका हुन् । जेब्रा चुनाव चिन्ह भएका उनले २८३ मत पाएका छन् भने दोस्रो स्थानमा एमालेका अशोककुमार ब्याञ्जुले २१३ मत ल्याएका छन्।

    पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका उम्मेदवार दयासागर श्रेष्ठले जम्मा ८ मत पाएका छन्। मतगणना जारी छ।

    धुलिखेलमा अघिल्लो निर्वाचनमा एमालेका ब्याञ्जु विजयी भएका थिए। अहिले अग्रता लिइरहेका बस्नेत धुलिखेल कांग्रेसका नगर सभापति थिए। गठबन्धन गर्दा एकीकृत समाजवादीलाई मेयर दिइएपछि उनले बागी उम्मेदवारी दिएका थिए ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend