logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • छाङ्गरुबाट हेलिकप्टरमार्फत मतपेटिका ल्याइँदै

    छाङ्गरुबाट हेलिकप्टरमार्फत मतपेटिका ल्याइँदै

    2.6K
    Shares

    दार्चुला । व्याँस गाउँपालिका वडा नम्बर १ को छांगरु र तिंकरको मतपेटिका हेलिकप्टरमार्फत ल्याइँदैछ । जिल्लाको सबैभन्दा विकट ठाउँ रहेको छांगरु र तिंकरको मतपेटिका ल्याउन नेपाली सेनाको हेलिकप्टर छांगरु प्रस्थान गरेको हो ।

    दुई वटा मतदान केन्द्र रहेको वडा नम्बर १ को मतपेटिका छांगरुमा राखिएको छ । मतपेटिकालाई हेलिकप्टरमार्फत गाउँपालिका केन्द्र सुनसेरा ल्याइने प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

    नेपालतर्फ बाटो नभएकाले हेलिकप्टरको प्रयोग गरेर मतपेटिका र कर्मचारी ल्याउन लागिएको हो । गत शनिबार छांगरु र तिंकरमा निर्वाचन सामाग्री, सुरक्षाकर्मी र निर्वाचनमा खटाइएका कर्मचारी हेलिकप्टरमार्फत पुर्‍याइएको थियो ।

    व्याँस गाउँपालिका वडा नम्बर १ का दुई वटा मतदान केन्द्रमा साढे तीन सय बढी मत खसेको छ । मोती महिला संघ आधारभूत विद्यालय तिंकरमा १३६ र कैलाशपति आधारभूत विद्यालय छांगरुमा २१० मत गरी कुल ३ सय ५५ मत खसेको हो ।

    व्याँस गाउँपालिकाका ६ वटै वडामा ५ हजार ४८६ मत खसेको निर्वाचन अधिकृतको कार्यालय सुनसेराले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend