काठमाडौं । काभ्रे जिल्लाको धुलिखेल नगरपालिकामा स्वतन्त्र उमेदवारले सुरुवाती अग्रता लिएका छन् ।
९ सय मतगणना हुँदासम्म स्वतन्त्र उम्मेदवारले नै अग्रता लिएका हुन् । नगर प्रमुखका लागि स्वतन्त्र उमेदवार बिदुरबहादुर बस्नेतले ९ सय मत गणना हुँदासम्म ४ सय मत ल्याएर अग्रता कायमै राखेका छन् ।
दोस्रोमा एमालेका उ्रम्मेदवार अशोककुमार ब्यान्जु छन् । उनले ३ सय ४३ मत ल्याएका छन् ।
पाँच दलीय गठबन्धनका उम्मेदवार दयासागर श्रेष्ठले भने १२ मत मात्र पाएका छन् ।