काठमाडौ । जनकपुरधाम उपमहानगरपालिकामा ४०० मत गणना हुँदा स्वतन्त्र उम्मेदवार मनोज साहले अग्रता कायम राखेका छन्।
उनले १३५ मत पाएका छन्। दोस्रो स्थानमा एमाले उम्मेदवार शिवशंकर साले ४५ मत ल्याएका छन्।
अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले ३३ मत पाएका छन् भने गठबन्धनका तर्फबाट उम्मेदवार बनेका जसपाका लालकिशोर साहले २८ मत मात्र पाएका छन्।
नेपाली कांग्रेसका नगर सभापति रहेका मनोज साहले गठबन्धनको भागबन्डामा आपत्ती जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका थिए।
जनकपुरमा अघिल्लो चुनावमा लालकिशोर साह मेयर निर्वाचित भएका थिए। मतगणना जारी छ।