काठमाडौं । प्युठानको सरुमारानी गाउँपालिका वडानम्बर ६ तिराममा २८ बर्षिय युवा वडा अध्यक्ष पदमा निर्वाचित भएका छन् । नेकपा एमालेबाट उम्मेदवार रहेका २८ वर्षीय युवा तिलबहादुर बुढा विजयी भएका छन् ।
बुढाले ६ सय ९५ मत प्राप्त गर्दे विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बोमबहादुर पुनले ४ सय ४३ मत प्राप्त गरेका थिए ।
सो वडाको महिला सदस्यमा एमालेका एनुका राहुं, दलित महिला सदस्यमा एनुका विक तथा खुला सदस्यमा नमबहादुर उलुङ्गे र खड्ग बहादुर महरा विजयी भएका छन् ।
उक्त वडाबाट गाउँपालिका अध्यक्ष पदको लागि एमाले ६ सय ९२ र उपाध्यक्षमा ६ सय ८८ मत ल्याएर अग्रता कायम गरेको छ ।