logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • यसरी हुँदैछ काठमाडौं महानगरपालिकाको मतगणना (फोटोफिचर)

    यसरी हुँदैछ काठमाडौं महानगरपालिकाको मतगणना (फोटोफिचर)

    2.7K
    Shares

    काठमाडौं । काठमाडौँ महानगरपालिकाको मतगणना जारी छ । स्वतन्त्र उम्मेदवार बालेन शाहसमेत उम्मेदवार रहेको काठमाडौंको नतिजा कस्तो आउला भन्ने चासो सर्वत्र छ ।

    शुक्रबार सम्पन्न मतगणनापछि आवश्यक प्रक्रिया सुरु गरेर राष्ट्रिय सभा गृहमा केहीबेर अघिबाट मतगणना सुरु गरिएको हो । वडा नम्बर ३१ र ३२ बाट मतगणना सुरु गरिएको छ ।

    यसपटकको निर्वाचनमा मेयर पदका लागि नेकपा एमालेबाट केशव स्थापित, नेपाली काँग्रेसबाट सिर्जना सिंह र स्वतन्त्र उम्मेदवार बालेन साहलाई मुख्य प्रतिस्पर्धी मानिएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिकामा ५२ प्रतिशत मात्रै मत खसेको छ ।

    शान्तिपूर्ण रुपमा निर्वाचन, मतदाताको सुलभ पहुँचका बाबजुद पनि आधामात्रै मत खसेको आयोगले जनाएको छ । काठमाडौँमा कूल ३ लाख २४२ मतदाता रहेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend