काठमाडौं । दैलेखको नौमुले गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
माओवादी केन्द्रका उम्मेदवार छवि सुवेदी काँग्रेसका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन् । ३२०० मत ल्याउँदै सुवेदी विजयी भए भने काँग्रेसका उम्मेदवारले २५४४ मत ल्याएका थिए । गाउँपालिकामा एमाले भने तेस्रो भएको छ ।
नौमुलेमा माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो । सो गाउँपालिकाको उपाध्यक्षमा एकीकृत समाजवादीको उम्मेदवार विजयी भएका छन् ।